कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०९

सहकारीको रकम हिनामिनाको संस्थागत छानबिन हुनुपर्छ : पूर्वमन्त्री अर्याल 

माधव अर्याल

पाल्पा — एमाले सचिव पद्मा अर्यालले सहकारीको रकम हिनामिनाको संस्थागत छानबिन हुनुपर्ने बताएकी छन् । व्यक्तिको नामै किटान गरेर छानबिन नभई संस्थागत छानबिन हुनुपर्नेमा जोड उनको रहेको छ । 

सहकारीको रकम हिनामिनाको संस्थागत छानबिन हुनुपर्छ : पूर्वमन्त्री अर्याल 

एमाले पाल्पाको १० औं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले व्यक्ति गौण भएको र संस्थागत छानबिन गरेमात्र निकास निस्कने बताइन् । पूर्वमन्त्रीसमेत रहेकी अर्यालले जोसुकै व्यक्तिको खल्तीमा छानबिन गर्ने नभई संस्थागत छानबिनमा जोड दिइन् । ‘कसैको नाम नै किटान गरेर भन्दा पनि संस्थागत छानबिन हुनुपर्छ,’ उनले भनिन्, ‘संस्थागत छानबिन गर्न सके सहकारी पीडितले न्याय पाउनेछन् ।’

सरकारमा भएका बेलामा सहकारी पीडितका विषयमा केही पनि नबाल्ने कांग्रेस विभिन्न खालका अनावश्यक विवाद निकाल्दै सरकारमा जाने बाटो खोजेको समेत आरोप लगाइन् । ‘यो मुलुक बनाउन कांग्रेस कहिल्यै अघि बढेन,’ उनले भने, ‘आफू पनि नबनाउने र अरुलाई पनि बनाउने नदिने कांग्रेस नै हो ।’ उनले सरकारमा हुँदा भ्रष्टाचार अनियमितता केही नदेख्ने तर सत्ताबाट बाहिर आएपछि सबै देख्ने आरोपसमेत लगाइन् । जनतालाई अनावश्यक विषयमा उचाल्ने र दिग्भ्रमित पार्दै सत्तामा जान कांग्रेसले खोजीरहेको उनले बताइन् ।

‘पछिल्लो समय सरकारभन्दा बाहिर बस्दाको पीडा कांग्रेसले पोखेको छ,’ उनले भनिन्, ‘सहकारीका विषयमा पनि एमाले अनियमितताको छानबिन गरेर पीडितलाई न्याय दिने र पीडकलाई कारबाही गर्न तयार नै छ ।’ वर्तमान सरकार र एमाले पीडितलाई न्याय दिन प्रतिबद्ध भएको अर्यालले बताइन् ।

पछिल्लो समयमा दोहोरो नागरिकता लिएका कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई देखाएर कांग्रेसले व्यक्तिवादी राजनीति गरेको समेत उनको आरोप छ । ‘सरकारले होइन, अदालतले सिरोहियालाई खोजेको हो,’ उनले भनिन्, ‘यसमा सरकारको कुनै हात छैन ।’

प्रकाशित : जेष्ठ ११, २०८१ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?