कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

दाङमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

दाङ — तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

तुलसीपुरबाट जसपुरतर्फ जाँदै गरेको रा ६ प ६०४१ नम्बरको मोटरसाइकलले बुधबार बेलुका तुलसीपुर उपमहानगरपालिका–१२, पुकार पसल नजिक स्थानीय पैदलयात्री ६२ वर्षीया रेश्मी खत्रीलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट घाइते भएकी खत्रीलाई राप्ती प्रादेशकी अस्पताल तुलसीपुर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक नवचन्द्र मल्लले बताए ।


प्रकाशित : जेष्ठ ९, २०८१ २२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×