बुटवलमा चार भाषामा नागरिक बडापत्र
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
तिलोत्तमा — बुटवल उपमहानगरपालिकामा मुख्य चार भाषामा नागरिक बडापत्रको व्यवस्था गरिएको छ । विभिन्न भाषाभाषीका सेवाग्राही कार्यालयमा आउने भएकाले उनीहरुको सहजताका लागि उपमहानगरपालिकाले मंगलबारदेखि सञ्चालन हुनेगरी नेपालीसहित, थारु, मगर र नेपाल (नेवारी) भाषामा बडापत्र सार्वजनिक गरेको उपमहानगर प्रमुख खेलराज पाण्डेयले बताए ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![बुटवलमा चार भाषामा नागरिक बडापत्र](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/butaal-2342024024300-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
प्रमुख पाण्डेयले जनसंख्याको आधारमा ४ भाषामा बडापत्र राखिएको र आगामी दिनमा अरु केही भाषाका बडापत्र राख्ने गरी तयारी भएको बताए । 'अहिले हामीले बुटवलमा बोलीचालीमा रहेका मुख्य ४ भाषाको बडापत्र तयार गरेका छौं,' उनले भने, 'आगामी दिनमा आवश्यकताअनुसार अरु भाषामा पनि बडापत्र तयार गरेर सबैलाई अपनत्व महसुस गराउन प्रयास गरिनेछ ।' उनले स्थानीयस्तरमा थारु, मगर र नेपाल भाषाको बोलीचालीअनुसार स्थानीय विज्ञहरुको संलग्नतामा बडापत्र तयार गरिएकोले भूगोलअनुसार भाषामा फरक आउनसक्ने बताए ।
'बुटवलमा बोलिने र चलनचल्तीमा रहेका भाषा र अन्यत्रका भाषामा मेल नखान सक्छ भन्ने विज्ञहरुकै सल्लाहअनुसार बुटवलमा प्रयोगमा आउने बडापत्र बनाएकको उनको भनाइ छ ।
कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलले सबै जाति भाषा संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले ४ भाषामा बडापत्र तयार गरिएको बताइन् । उनले बुटवलले आगामी दिनमा अरु भाषामा बडापत्र तयार गर्ने र त्यसका लागि सल्लाहको अपेक्षा रहेको बताइन् ।
राष्ट्रिय जनगणना २०७८ अनुसार बुटवल उपमहानगरमा नेपाली भाषा बोल्ने ७८.७, मगर भाषा बोल्ने ६.८ नेपाल भाषा बोल्ने ३ र थारू भाषा बोल्ने ४.९ प्रतिशत जनसंख्या रहेको छ । बडापत्रको प्रयोगले सेवाग्राहीले आफ्नो कामको सम्बन्धमा सम्पूर्ण जानकारी सजिलै प्राप्त गर्नेछन् ।
आफूले प्राप्त गर्न खोजेको सेवा सो बडापत्रमा हेरेपछि त्यसका लागि आवश्यक कागजपत्र, दस्तुर तथा सेवा लिन प्रयोग गर्नुपर्ने सम्पूर्ण जानकारी थाहा पाउन सकिन्छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)