प्यूठानमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
प्यूठान — प्यूठानको माण्डवी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माण्डवी गाउँपालिका–१, मुर्कुटीस्थित छबिसेचौरमा दाङको घोराहीबाट प्यूठानतर्फ आउँदै गरेको रा ५ प १५२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![प्यूठानमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/accident-1312024093851-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
दुर्घटनामा घोराही–११ का २७ वर्षीय विमल डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका डीएसपी ईश्वर थापाले जानकारी दिए । दुर्घटनामा घोराही–८, का ४८ वर्षीय कैलाश डीसी घाइते भएका छन् । दुर्घटनाका दुवै घाइतेलाई जिल्ला अस्पताल प्यूठान ल्याइए पनि चिकित्सकले डाँगीलाई मृत घोषणा गरेका हुन् । घाइते डीसीलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)
प्रतिक्रिया