कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

दाङमा आगलागीमा परेर एक जनाको मृत्यु

दाङ — लमही नगरपालिका–९ तरुलियामा बिहीबार बेलुका आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही-९तरुलियाका ८७ वर्षीय वीरबहादुर बोटे रहेका छन् ।

बोटेको गोठबाट सल्किएको आगोले उनको एक घर र हुकुमबहादुर बोटेको एक घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले बताए। घर भित्र रहेका सामान निकाल्न खोज्दा जलेर बोटेको मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।

लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको उनले बताए ।

प्रकाशित : वैशाख ७, २०८१ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×