आगलागी हुँदा १० घर जलेर नष्ट
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
परासी — पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-६ पडरी गाउँमा आगलागी हुँदा १० वटा घर जलेर नष्ट भएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![आगलागी हुँदा १० घर जलेर नष्ट](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/miscellaneous/img-20240419-wa0002-1942024050617-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
आगलागीमा ८ वटा बाख्राको जलेर मरेको र १० वटा कच्ची घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले बताए । एक्कासी सल्किएको आगोले स्थानीय चन्द्रिका धोबी,राजेश धोबी, बुलाकी धोबी, भिकारी धोबी,चन्ना धोबी, केश मोहमद अन्सारी, मुरिदिन अन्सारी, ईझार अन्सारी, नुरहोद पठान र इदरिस पठानको घर जलेको हो ।
आगलागीको कारण लत्ताकपडा र अन्न पनि नष्ट भएको छ । आगलागीको कारण यकिन हुन नसकेको प्रहरीले जनाएको छ । आगो प्रहरी, नेपाली सेना, स्थानीय, रामग्राम र बर्दघाट नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
केहीदिन अगाडि प्रतापपुरमा आगलागी हुँदा ६ वटा घर जलेको थियो । ७ वटा स्थानीय तहमध्ये २ वटामा मात्र दमकल भएकाले आगलागी नियन्त्रणमा समस्या हुँदै आएको छ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)