कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

बसको ठक्करबाट १ जनाको मृत्यु

दाङ — बसको ठक्करबाट शुक्रबार दाङमा एक जनाको मृत्यु भएको छ । बबई गाउँपालिकाको चरकमटियाबाट जन्ती लिन काशीपुरतर्फ जाँदै गरेको ना ४ ख ६९४९ नम्बरको बसले शान्तिनगर–५ काशीपुरमा ठक्कर दिँदा नाम थर नखुलेका अन्दाजी ४५ वर्षीय एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए ।

बसको ठक्करबाट १ जनाको मृत्यु

दुर्घटनामा सख्त घाइते ती पुरूषलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेको मल्लले बताए । ठक्कर दिने बस चालक बबई गाउँपालिका–७ का ३२ वर्षीय अमरबहादुर चौधरीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।

प्रकाशित : वैशाख ७, २०८१ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×