१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९०

जबरजस्ती करणीकाे अभियाेगमा एक युवा पक्राउ

प्यूठान — १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्यूठान प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । झिमरुक गाउँपालिका-७ सिमलचौरका २६ वर्षीय नवीन जिसीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले आइतबार साँझ पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । 

जबरजस्ती करणीकाे अभियाेगमा एक युवा पक्राउ

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इश्वर थापाका अनुसार जिसीले किशोरीलाई ललाई फकाई आफ्नै घरमा जबरजस्ती करणी गरेको प्रहरीमा उजुरी परेको छ ।

पक्राउ परेका युवाले बालिकालाई केही समय अघि विवाह गर्ने भन्दै आफ्नाे घरमा ल्याएका थिए । तर उमेर नपुगेकाे भन्दै बालिकालाई उनका परिवारले फिर्ता लगेकाे थिए । पछि युवा बालिकाकाे घरमा गएर झगडा गर्ने गरेकाे र जबरजस्ती करणी गरेकाे जाहेरी रहेकी डिएसपी थापाले बताए ।

प्रकाशित : वैशाख ३, २०८१ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?