कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

प्यूठानमा हावाहुरीले विद्यालयको छाना उडायो

प्यूठान — प्यूठानको झिमरूक गाउँपालिका-४ बाङ्गेमरोटमा रहेको दिपेन्द्र प्राविको छाना हावाहुरीले उडाएको छ ।

प्यूठानमा हावाहुरीले विद्यालयको छाना उडायो

शनिबार अपराह्न ५ बजेतिर आएको हावाहुरिले विद्यालय भवनको आधापाखो टिन उठाएको विद्यालयकी प्रध्यानाध्यापक सुधा सिंहले जानकारी दिइन् । उनका अनुसार विद्यालयको प्रशासनिक कार्यालय रहेको भवनको छाना हावाले उडाएको हो ।

हावाहुरीसँगै सिमसिम पानी परेकाले कार्यालयमा राखियको केही सामान भिजेको प्रअ सिंहले बताइन् ।

यस्तै हावाहुरिले नौबहिनी गाउँपालिका वडा न. २ लिघामा आदिवासी जनजाति कार्यालय भवनको छाना उडाएको छ । लिघाकै दानबहादुर पुनको घरको छाना पनि उडाएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरीक्षक ईश्वर थापाले बताए ।

प्रकाशित : चैत्र १७, २०८० १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×