कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

नेपालगन्ज उपमहानगरका कर्मचारीहरु आन्दोलित

रुपा गहतराज

नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिका ५ का वडाध्यक्ष सराफत हुसेन शेषलाई कारबाहीको माग गर्दै उपमहानगरका कर्मचारीहरु आन्दोलित भएका छन् । वडाध्यक्ष शेषलाई कारबाही र शान्ति सुरक्षाको माग गर्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

मंगलबार दिउँसो वडाध्यक्ष शेष कार्यालयमा प्रवेश गरी प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीलाई अभद्र व्यवहार र मानमार्दन हुनेगरी अपशब्द प्रयोग गरेको र झुटा लाञ्छना लगाएको भन्दै उपमहानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीले बुधबार बिहानदेखि अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण कामकाज ठप्प पारेका हुन् ।

वडाध्यक्ष शेष नगरप्रमुख प्रशान्त विष्ट र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरेर फर्किने क्रममा आवञ्छित र गैरकानुनी क्रियाकलाप गरेकाले बाध्य भई आन्दोलनमा उत्रनुपरेको सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशीले बताए ।

वडाध्यक्ष जनता समाजवादीबाट नेपालगन्ज–५ का निर्वाचित वडाध्यक्ष हुन् ।

प्रकाशित : फाल्गुन १६, २०८० १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×