कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

नेकपा एमाले चितवनको अध्यक्षमा कमलराज पाठक विजयी 

चितवन — नेकपा एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित भएका छन् । पाठक यसअघि कार्य समितिको उपाध्यक्ष थिए । उनीसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका घनश्याम कँडेलले ९३ मत ल्याउँदा पाठकले ६०६ मत ल्याएको निर्वाचन समितिले जानकारी गराएको छ । 

नेकपा एमाले चितवनको अध्यक्षमा कमलराज पाठक विजयी 

उपाध्यक्षमा श्याम विष्ट विजयी भएका छन् । विष्टले ४०४ मत ल्याउँदा उनीसँग प्रतिस्पर्धा गरेका कृष्णकुमार डल्लाकोटीको २८४ मत आएको छ ।

सचिवमा प्रकाश ढुंगाना विजयी भएका छन् । ४६६ मत ल्याएर ढुंगना विजयी हुँदा उनीसँग प्रतिस्पर्धा गरेका पदमपाणि सुवेदीको २२१ मत आयो । त्यसै गरी उपसचिव खुलामा मिनबहादुर परियार विजयी भएका छन् । उपसचिव महिलामा ज्वाला पुरी बन निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । शनिबार उद्घाटन भएको एमाले चितवनको ११ औं जिल्ला अधिवेशनमा नयाँ कार्य समितिका लागि मंगलबार मतदान भएको थियो ।

प्रकाशित : जेष्ठ १६, २०८१ ०६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×