कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

सवारी दुर्घटनामा २ जनाको मृत्यु 

प्रताप विष्ट

हेटौंडा — पूर्व–पश्चिम राजमार्गअन्तर्गत शनिबार राति हेटौंडा र मनहरीमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ  । 

सवारी दुर्घटनामा २ जनाको मृत्यु 

मकवानपुरको मनहरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका हेटौंडा उपमहानगरपालिका—८ का ४५ वर्षीय दिनेश कार्कीको उपचारका क्रममा मृत्यु भएको हो । कार्कीलाई उपचारका लागि नयाँ मेडिकल कलेज चितवनमा लगिएको थियो ।

मनहरी गाउँपालिका—६ नयाँबजारस्थित पूर्व–पश्चिम राजमार्गमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७७२१ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.–०३–००४ प ६९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । उक्त ठक्करवाट मोटरसाइकल चालक कार्की घाइते भएका थिए । उपचारका लागि नयाँ मेडिकल कलेज चितवन पठाइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले वताए । प्रहरीले ट्रक र चालक नियन्त्रणमा लिएको छ ।

यसैगरी पूर्व–पश्चिम राजमार्गको हेटौंडा उपमहानगरपालिका—३ तिनताप्केमा नेवारपानीबाट लेवटतर्फ आउँदै गरेको ना १ ज ७५६० नं.को भ्यानको ठक्करबाट हेटौंडा उपमहानगरपालिका—१२ वनस्पतीका अन्दाजी ५०/५५ वर्षका श्याम बहादुर विकको मृत्यु भएको छ । ठक्करबाट घाइते भएका विकलाई उपचारका निम्ति हेटौंडा अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रकाशित : जेष्ठ १३, २०८१ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?