हेटौंडाको कार्टुन फ्याक्ट्रीमा आगलागी
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
हेटौंडा — हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेको एक प्याकेजिङ उद्योगमा शुक्रबार राति आगलागी भएको छ । आगलागीबाट करिब एक करोड २५ लाख रुपैयाँबराबरको सामान जलेको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
हेटौंडा उपमहानगरपालिका—८, औद्योगिक क्षेत्रभित्र रहेको हेल्पबक्स प्याकेजिङ प्रालि कार्टुन फ्याक्ट्रीमा शुक्रबार राति ११ वजे आगलागी भएको थियो । नेपाल प्रहरी,सशस्त्र प्रहरी, नगर प्रहरी र उपमहानगरपालिकाको दमकलको सहयोगमा शनिबार बिहान ५ बजेतिर मात्र आगो निभाउन सकिएको थियो ।
आगलागीवाट उद्योगभित्र रहेको उत्पादित कार्टुन र कच्चा पदार्थ सबै जलेर नष्ट भएको उद्योग सञ्चालक सञ्जीव मानन्धरले बताए । उनले भने, ‘करिब १ करोड २५ लाख मूल्यबराबरको सामान जलेर नष्ट भयो । के कसरी आगलागी भएको अनुसन्धान गर्दै छौँ ।’
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)
प्रतिक्रिया