कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

मकवानपुरमा गैंडाको आक्रमणबाट एक जना घाइते

प्रताप विष्ट

मकवानपुर — गैंडाको आक्रमणबाट एक जना युवक घाइते भएका छन । मकवानपुरको मनहरी गाउँपालिका–७ मनहरी खोलामा गैंडाको आक्रमणबाट स्थानीय ३२ वर्षीय रमेश बोटे घाइते भएका हुन् ।

मकवानपुरमा गैंडाको आक्रमणबाट एक जना घाइते

सोमबार बिहान खेतमा पानी लगाउन गएका बेला बोटेलाई गैंडाले आक्रमण गरेको हो । गैंडाको आक्रमणबाट बोटेको ढाड र अनुहारमा चोट लागेको छ ।

मनहरी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका निम्ति भरतपुर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।


प्रकाशित : वैशाख ३, २०८१ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×