२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७८

पौडी खेल्नेक्रममा डुबेर मृत्यु

दोलखा — रामेछापकाे लिखु  खाेलामा पाैडी खेल्ने क्रममा डुबेर एसईई दिईरहेका एक परीक्षार्थीकाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा रामेछाप नगरपालिका-४ हिमगंगा माध्यमिक विधालयकाे परीक्षा केन्द्रमा परीक्षा दिइरहेका साेही वडाका १७ वर्षीय भीमबहादुर श्रेष्ठ रहेकाे प्रहरीले जनाएकाे छ ।

जलजलेस्थीत लिखु खाेलामा बिहीबार दिउँसाे पाैडी खेल्न गएका उनकाे डुबेर मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । श्रेष्ठकाे मृत्युका विषयमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित : चैत्र २२, २०८० २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?