कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

आमाको हत्या गरेको आरोपमा एक जना पक्राउ

प्रताप विष्ट

हेटौंडा — मकवानपुरको थाहा नगरपालिका–१० तल्लो बिसिङखेलमा आमाको हत्या गरेको आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादमा ५० वर्षीया ज्ञानीमाया गमाललाई हत्या गरेको आरोपमा २६ वर्षीय मिलन गमाललाई इलाका प्रहरी कार्यालय पालुङले आइतबार पक्राउ गरेको हो ।

मिलनले २० दिनअघि आमा ज्ञानीमायाको घाँटी निचोरेर हत्या गरेको ईलाका प्रहरी कार्यालय पालुङको दाबी छ । प्रारम्भिक अनुसन्धानका क्रममा मिलनले घरमा सुतेको अवस्थामा घाँटी निचोरेर हत्या गरेको खुल्न आएको प्रहरी निरीक्षक श्याम थापा मगरले बताए ।

फागुन २९ गते राति कोठामा सुतिरहेको अवस्थामा मिलनले आमाको घाँटी निचोरेर हत्या गरेका थिए । प्रहरीले मिलनलाई तत्काल पक्राउ गरेको थिएन । मृतकको पोस्टमार्टमको रिपोर्ट आएपछि मिलनलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीका अनुसार पोस्टमार्टममा घाँटी निचोरिएको उल्लेख गरिएको थियो ।

घटनाको थप अनुसन्धान सँगसँगै पोस्टमार्टमको रिपोर्टको आधारमा मिलनलाई पक्राउ गरी सोधपुछ गर्दा घाँटी निचोरेर हत्या गरेको साविती बयान दिएको प्रहरी निरीक्षक थापा मगरले बताए ।

प्रकाशित : चैत्र १९, २०८० १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×