२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

अफिम र नगदसहित एकजना पक्राउ

कान्तिपुर संवाददाता

चितवन — दुई किलो ३० ग्राम अफिमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालीकोटको पचालझरना गाउँपालिका–५ बस्ने ४० वर्षीय केशव बम रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार पत्रकार सम्मेलन गरी बमलाई सार्वजनिक गरेको हो । कार्यालयका प्रवक्ता श्रीराम भण्डारीका अनुसार बमलाई आइतबार साँझ भरतपुर महानगरपालिका–१० चौबिसकोठीबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका उनका साथबाट रु दुई लाख १६ हजार पाँच सय नगद बरामद गरिएको उनले जानकारी दिए । कार्यालयले ३२ थान हराएका मोबाइल खोजतलास गरी सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको छ ।

विभिन्न ब्रान्डका ती मोबाइल अर्कैले प्रयोग गरेको अवस्थामा भेटेर वास्तविक धनीलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन २१, २०८० २२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?