कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

वाग्मती प्रदेश सभाको बैठक स्थगित

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेश सभाको बैठक स्थगित भएको छ । बुधबार बिहान साढे ११ बजे बस्ने भनिएको प्रदेश सभा बैठक दलहरुबीच सहमति नजुटेपछि बिहीबार बिहान सोही समयमा बस्ने गरी स्थगित भएको हो ।

वाग्मती प्रदेश सभाको बैठक स्थगित

करिब ५ महिनादेखि बजेट बाँडफाँट नभएको भन्दै एमालेसहितका विपक्षी दलले प्रदेशसभा बैठक अवरुद्ध गर्ने चेतावनी दिँदै आएका थिए ।

बजेटको विषयमा छलफल गर्न बुधबार आयोजित सर्वदलीय बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल अनुपस्थित भएपछि विपक्षीले थप छलफल नै नगरेपछि सदन संचालन नभएको हो ।

मुख्यमन्त्री जम्कट्टेल छलफलमा सहभागी नभइ राक्सिराङ गाउँपालिकाको एउटा कार्यक्रममा सहभागी हुन गएपछि प्रतिपक्षी दलहरुले मुख्यमन्त्रीको अनुपस्थितिमा छलफल हुन नसक्ने बताएका थिए ।

दलहरुबिच सहमति जुट्न नसकेका कारण बिहीबारसम्मका लागि बैठक स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयका अनुसार बिहीबार विहान साढे ११ बजे बैठक बस्ने भएको छ ।

प्रकाशित : फाल्गुन १६, २०८० १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×