कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

तीन सातादेखि बेपत्ता पुरुष मृत भेटिए

केदार शिवाकोटी

दोलखा — तीन सातादेखि बेपत्ता रहेका कालिञ्चोक गाउँपालिका- ६ कुराथलीका एक पुरुष मृत भेटिएका छन् । अन्दाजी ५८ वर्षीय मानबहादुर थामी शुक्रबार मृत अवस्थामा भेटिएका हुन् ।

थामी स्थानीय झरेली सामुदायिक वनको दोबाटे नजिकै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। थामी साउन १६ गतेदेखि बेपत्ता भएका थिए ।

गोठ नजिकैको जंगलमा घाँस काट्न गएका बेला बेपत्ता भएका उनलाई लडेको अवस्थामा मृत फेला पारिएको स्थानीयले जनाएका छन् ।

भीरबाट लडेर उनको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । थामीको मृत्युका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र ८, २०८० १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?