गजुरी (धादिङ) — नुवाकोट त्रिशूलीबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ७६२३ नम्बरको ट्रकले गजुरी बजारमा ठक्कर दिँदा ४० वर्षीया महिलाको घटनास्थलमै मृत्यु भयेको छ । ठक्करबाट गजुरी ५ की लक्ष्मी राईको मृत्यु भएको प्रहरी निरीक्षक नबराज ढुंगेलले जानकारी दिए ।
ठक्कर दिने ट्रक र चालक चितवन खैरेनी १ का २८ वर्षीय सुरज नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।