इँटा उद्योगमा विष्फोट
धादिङ — धुनीवेशी नगरपालिका–३ स्थित जीवनपुर इँटा उद्योगमा बम विष्फोट भएको छ । अपरिचित समूहले मंगलबार राति विस्फोट गराएको ईलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।
विस्फोटका कारण उद्योगका चिम्नी, जेनेरेटर, ढुवानी साधनहरुमा क्षति पुगेको छ । करिब ६ लाखबराबरको नोक्सानी भएको उद्योगले जनाएको छ ।
विस्फोट गराउने व्यक्ति वा समूहको पहिचान भइनसकेको प्रहरी निरीक्षक जीवन निरौलाले बताए ।
मजदुरहरू बिदा बसेको मौकामा छोपी विस्फोट गराइएको थियो । उक्त उद्योगमा ६ सय मजदुर काम गर्छन् ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित : जेष्ठ ९, २०७५ १८:२५प्रतिक्रिया