२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९१

रौतहटमा ‘सिमावासीसित सशस्त्र प्रहरी’ 

शिव पुरी

रौतहट — जिल्लाको ईशनाथ नगरपालिकास्थित सीमा क्षेत्रमा सशस्त्र प्रहरीले शुक्रबार ‘सिमावासीसित सशस्त्र प्रहरी’ कार्यक्रम आयोजना गर्‍यो । सीमा सुरक्षाको महत्त्व, सीमाक्षेत्रमा हुने अपराधलगायत विषयमा दुबै देशका नागरिकले सवाल जवाफ गरेका छन् । 

रौतहटमा ‘सिमावासीसित सशस्त्र प्रहरी’ 

सशस्त्र प्रहरी गण ११ नम्बर हेडक्वार्टर गौरका प्रमुख एसपी बिक्रम हुमागाईं, ईशनाथ नगरपालिकाका नगरप्रमुख कौशल्या देवी लगायतका जनप्रतिनिधिलगायतले सिमावासीसित अन्तरक्रिया गरेका हुन् । कार्यक्रममा ईशनाथ–४ काली मन्दिरस्थित मुख्य सीमा स्तम्भ नम्बर ३४९ नजिकै नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा ईलाकामा सीमा सहजीकरण समितिका संयोजक तथा सदस्यहरु, सीमासँग जोडिएका ईशनाथ–२ र ४ नम्बर वडा अध्यक्षहरु, स्थानीयलगायतको उपस्थिति थियो ।

कार्यक्रममा सीमा सुरक्षाको महत्त्व, सीमा अपराध नियन्त्रण, खेतीपातीको सिजन भएकोले बीउविजन तथा मलखादको ओसारपसारमा भारतीय समकक्षी एसएसबीलगायत दुवै देशका सुरक्षा निकायद्वारा सहजीकरण हुनुपर्ने सम्बन्धमा छलफल भएको एसपी हुमागाईले बताए । ‘वर्षाको समय सुरु भइसकेकोले बर्सेनि हुने बाढी, डुबान र धनजनको क्षतिबाट बच्न अपनाउनुपर्ने उपाय, भारतीय पक्षद्वारा निर्मित साईफनको ढोका डुबानबाट क्षति हुनु अगावै खोल्न पहल गर्नेजस्ता बिषयमा छलफल भएको थियो,' उनले भने, ‘सीमामा हुन सक्ने अवैध गतिविधिको सशक्त अनुगमन तथा निगरानी, सीमा स्तम्भको रेखदेखलगायत विषयमा पनि कुरा भएको छ ।’

सीमा क्षेत्र सित जोडिएको नगरपालिकाका स्थानीयवासीले आफूले उत्पादन गरेको कृषि लगायतका अन्य सामग्री जिल्लाभित्र एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा विभिन्न खाले हैरानी ब्यहोर्नु परेको गुनासो गरेका थिए । भारतीय पक्षबाट समेत समस्या समाधान हुनुपर्ने माग राखेको सशस्त्र प्रहरीले जनायो ।

सीमा नजिक रहेका मदिरा पसलहरु निश्चित समयावधिमा खोल्ने र बन्द गर्ने, सीमा ईलाकामा आवतजावत गर्ने दुवै देशका स्थानीयलाई अत्यावश्यक सार्वजनिक शौचालय निर्माणमा पहल गरिदिनुपर्ने, उक्त नाका भएर सीमामा वारपार हुने भारतीय सवारी साधनको व्यवस्थापन लगायतका विषयमा पनि छलफल भएको एसपी हुमागाईंले बताए ।

प्रकाशित : जेष्ठ ३२, २०८१ २२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्तामा २ जना मात्रै उपस्थित भएपछि नियुक्तिमा अन्योल छाएको छ । अध्यक्ष नियुक्तिमा मुख्यरुपमा के भइरहेजस्तो लाग्छ ?

x