कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

सर्लाहीको वाग्मतीमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा ३ जनाको मृत्यु 

सर्लाही — पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको वाग्मती नगरपालिका–१ रायमाझी चोकमा बिहीबार  बिहान यात्रुवाहक बस र भारतीय मालवाहक ट्रक ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् ।

सर्लाहीको वाग्मतीमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा ३ जनाको मृत्यु 

भैरहवाबाट जनकपुर आउँदै गरेको लु १ ख ८८४८ नम्बरको बस र सडक किनारमा रोकिराखेको एन एल ०११ ए एस ९२५२ नम्बरको भारतीय मालवाहक ट्रक ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा रुपन्देहीका दर्शक कहार, रामशरण केबट र हरिबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । विभिन्न अस्पतालमा घाइतेको उपचार भइरहेको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । बसका चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित : असार ६, २०८१ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको मौद्रिक नीति किन रोकिएको होला ?

×