कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

सिरहामा ५० ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ

विनय आजाद

सिरहा — सिरहामा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । प्रहरीले बुधबार बेलुकी  भगवानपुर गाउँपालिका-४, ठाडीबाट एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लहान नगरपालिका-८ का १८ वर्षीय मनिष कुमार चौधरी छन् 

सिरहामा ५० ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ

उनको साथबाट ५० ग्राम ब्राउन सुगर बरामद भएको सिरहा प्रहरीले जनाएको छ । कालो झोला बोकेर आइरहेको अवस्थामा प्रहरीले चेक गर्दा झोलाबाट ब्राउन सुगर बरामद भएको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले बताए

अदालतबाट बिहीबार म्याद थपेर उनीमाथि थप अनुसन्धान हुने पण्डितले बताए । 'लागूऔषधसहित मान्छे पक्राउ परिरहन्छन्, तर यो अत्यधिक हो,' उनले कान्तिपुरसँग भने, 'यसमा गहन अनुसन्धान हुन्छ ।'


प्रकाशित : असार ६, २०८१ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको मौद्रिक नीति किन रोकिएको होला ?

×