कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

धमाधम बजेट ल्याउँदै स्थानीय तह

सर्लाही — सर्लाहीका स्थानीय तहहरुले २०८१/०८२ को बजेट ल्याउन सुरु गरेका छन् । कौडेना गाउँपालिकाले २०८१/०८२ को बजेट बुधबार ल्याएको छ भने अन्य स्थानीय तह नगर तथा गाउँसभाको अन्तिम तयारीमा जुटेका छन् । 

धमाधम बजेट ल्याउँदै स्थानीय तह

सबैभन्दा बढी स्थानीय तह रहेको सर्लाहीका पालिकाहरुमध्ये कौडेना गाउँपालिकाले बुधबार गाउँसभाको आयोजना गरी ३५ करोड ७३ लाख ६८ हजार ९ सय ९९ रुपैयाँको बजेट ल्याएको हो ।

शिक्षा, स्वास्थ्य, सडक, भौतिक पूर्वाधार, खेतीकिसानीसहित शुद्ध खानेपानीका लागि आउँदो वर्षको बजेटमा समेटिएको गाउँपालिकाका अध्यक्ष रुपेश कुमारले जानकारी दिए । उनले चुनावताका जनतासमक्ष गरेको वाचाअनुरुप काम गरिरहेको दाबी गरे । असार १० गतेभित्र पालिकाहरुले गाउँ तथा नगरसभा गरेर बजेट ल्याउने प्रावधानअनुरुप अन्य पालिकाहरुले पनि बजेट ल्याउन अन्तिम तयारीमा लागेको जनाएको छ ।

असार ६ गते लालबन्दी तथा ७गते बसबरिया, चक्रघट्टा गाउँपालिका तथा बलरा नगरपालिकाले बजेट ल्याउन लागेको जनाएको छ । अन्य पालिकाले भने असार १० गते बजेट ल्याउने छन् । यसअघि समयमा नगर तथा गाउँसभा गर्न नसकेको हरिपूर्वा नगरपालिका तथा चन्द्रनगर गाउँपालिकाले पनि यस वर्ष समयमै बजेट ल्याउने तयारी गरिरहेको हो । यस वर्ष पालिकाहरुमा जनप्रतिनिधिबीचको सम्बन्ध राम्रो भएकाले पनि सबै पालिकाहरुले समयमै बजेट ल्याउने आंकलन गरिएको छ ।

प्रकाशित : असार ५, २०८१ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×