कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

वीरगन्जमा लागूऔषधसहित ३ पक्राउ 

पर्सा — प्रहरीले लागूऔषधसहित वीरगन्जबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–३ का २० वर्षीय सरोज रानामगर, २० वर्षीय अनुप थापा क्षेत्री र बारा जीतपुर सिमरा उपमहानगरपालिका–१६ का २० वर्षीय कुशल मगर छन् ।

वीरगन्जमा लागूऔषधसहित ३ पक्राउ 

उनीहरुलाई प्रहरीले मंगलबार दिउँसो करिब साढे ३ बजे वीरगन्ज महानगरपालिका–१६ शंकरचार्य गेटबाट लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पर्सा र ईनर्वा प्रहरी चौकीबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलीले नियमित जाँच गर्ने क्रममा पक्राउ गरेको हो ।

शंकास्पद रुपमा भारतबाट पैदल हिँडेर आउँदै गरेका उनीहरुलाई प्रहरीले रोकी खानतलासी गर्दा अनुप थापा क्षेत्रीले बोकेको रातो झोलाभित्र लुकाइछिपाई राखिएको प्रतिबन्धित लागूऔषध डाईजेपाम–४० एम्पुल, फेनारगन–४० एम्पुल, नुरफिन–४० एम्पुल फेला परेको थियो ।

उनीहरुलाई नियन्त्रणमा लिई लागूऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपक भारतीले जानकारी दिएका छन् ।

प्रकाशित : असार ५, २०८१ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×