२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३२

'नेपाल-भारत सीमालाई व्यवस्थित बनाउनुपर्छ'

विनय आजाद

सिरहा — नेपाल-भारत सीमामा तारबार लगाउनेतिर सोच्न नहुने एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । 

'नेपाल-भारत सीमालाई व्यवस्थित बनाउनुपर्छ'

सिरहा सदरमुकाममा बिहीबार नेपाल-भारत खुल्ला सीमा संवाद समूहले आयोजना गरेको 'नेपाल-भारत खुला सीमा, सुमधुर सम्बन्धको आधारशीला' अन्तरक्रियामा वक्ताहरूले नेपाल-भारतको खुला सिमानालाई अझै व्यवस्थित र सहज बनाउनुपर्ने धारणा राखेका हुन् । समूहका अध्यक्ष राजीव झाले परापूर्वकालदेखि नै नेपाल र भारतबीच रोटी-बेटीको सम्बन्ध रहेको उल्लेख गर्दै यी दुई देशको सिमानामा तारबार लगाउनेतिर सोच्नै नहुने र अझ व्यवस्थित बनाउनुपर्ने बताए ।

भारतीय कम्युनिष्ट पार्टी (माले)का नेता भुषण सिंहले नेपाल र भारतका नागरिकबीच आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध रहेकोले यसको प्रवर्द्धनका निम्ति दुवै देशका सरकार गम्भीर भएर लाग्नुपर्ने धारणा राखे ।

दुई देशबीच सामाजिक, सांस्कृतिक, धार्मिक, भाषिक रहनसहन र रीतिरिवाज एकनासको रहेकोले यसलाई अझ बलियो बनाउन दुवै देशका सरकारका साथै नागरिकको भूमिका पनि महत्त्वपूर्ण हुने सिरहाका डा. रामप्रताप यादवको भनाइ थियो । नयाँ परिवेशमा दुई देशको रोटीबेटीको सम्बन्धलाई सुमधुर बनाइराख्न सरकार गम्भीर हुनुपर्नमा वक्ताहरूको जोड थियो ।

कार्यक्रममा नेपाल र भारतका राजनीतिक, सामाजिक र सीमा विषयमा काम गर्दै आएका व्यक्तिहरूका साथै स्थानीयहरूको पनि सहभागिता थियो ।

प्रकाशित : जेष्ठ ३१, २०८१ २१:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्तामा २ जना मात्रै उपस्थित भएपछि नियुक्तिमा अन्योल छाएको छ । अध्यक्ष नियुक्तिमा मुख्यरुपमा के भइरहेजस्तो लाग्छ ?

x