२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५५२

मर्यादा भंग गर्ने सप्तरीका ६० एसईई परीक्षार्थीको परीक्षा रद्द, केन्द्राध्यक्ष र निरीक्षकलाई जिम्मेवारीबाट हटाइयो

अवधेशकुमार झा

राजविराज — एसइई परीक्षाको मर्यादा उल्लंघन गरेको आरोपमा बिहीबार सप्तरी जिल्लामा ६० विद्यार्थीको परीक्षा रद्द गरिएको छ । परीक्षा केन्द्रमा मोबाइलबाट प्रश्नपत्र बाहिर पठाइ बाहिरबाट मोवाईल मार्फत उत्तर ल्याउने कार्यमा सक्रिय ६० विद्यार्थीको परिक्षा रद्द गरिएको शिक्षा समन्वय इकाईका प्रमुख विजयकुमार मण्डलले जानकारी दिए । 

मर्यादा भंग गर्ने सप्तरीका ६० एसईई परीक्षार्थीको परीक्षा रद्द, केन्द्राध्यक्ष र निरीक्षकलाई जिम्मेवारीबाट हटाइयो

मण्डलकाअनुसार जिल्लाको पकरीस्थित परीक्षा केन्द्रबाट ४७ जना,राजविराजको वर्ड भिजन परीक्षा केन्द्रबाट ९ जना,भारदह परीक्षा केन्द्र र राजविराजको केअमबी परीक्षा केन्द्रबाट दुई दुईजना गरि ६० परीक्षार्थीको परीक्षा रद्द गरिएको हो । बिहीबार ऐच्छिक प्रथम विषयको परीक्षा थियो ।

परीक्षा निरीक्षक र केन्द्राध्यक्षलाई भने कारबाही नगरी जिम्मेवारीबाट मात्र हटाईएको छ । प्रमुख जिल्ला अधिकारी किरण थापाले पकरी परीक्षा केन्द्रका केन्द्राध्यक्ष सहित सबै निरीक्षकलाई जिम्मेवारीबाट हटाईएको जानकारी दिए ।


प्रकाशित : चैत्र २२, २०८० १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?