कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

ब्रिटिस गोर्खाको सहयोगमा भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण

डम्बरसिं राई

खोटाङ — खोटेहाङ गाउँपालिका–२ वाप्लुखाको मुखिताङमा ब्रिटिस गोर्खा वेल्फेयर र स्थानीयको लगानीमा तीन कोठे विद्यालय भवन निर्माण गरिएको छ । 

ब्रिटिस गोर्खाको सहयोगमा भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण

वाप्लुखाको मुखिताङस्थित संस्था समाजकाली आधारभूत विद्यालयका लागि २१ लाख ४३ हजार चार सय २६ लगानीमा तीनकोठे भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण गरिएको हो । ब्रिटिस गोर्खा वेल्फेयरको १७ लाख रूपैयाँ र प्राविधिक सहयोग तथा स्थानीय उपभोक्ताको चार लाख ४३ हजार चार २६ बराबरको जनश्रमदानमा तीनकोठे भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण गरिएको वडाअध्यक्ष पारस राईले बताए । नवनिर्मित भवनको खोटेहाङ गाउँपालिका अध्यक्ष उदिमबहादुर राई र ब्रिटिस गोर्खा वेल्फेयर स्किम भोजपुरका क्याप्टेन प्रतापसिं राईले सोमबार संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

२०२४ सालमा स्थापना भएको उक्त विद्यालयमा कक्षा ८ सम्म एक सय ६ जना विद्यार्थी र तीन जना प्राथमिक तहका स्थायी दरबन्दी, दुई जना आधारभूत तहका राहत दरबन्दी, एक जना प्राथमिक तहका राहत र एक जना बालविकास सहयोगी कार्यकर्ता र निजी स्रोतका दुई गरी ९ जना शिक्षक कार्यरत रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रहाङ किरातीले बताए ।

प्रकाशित : जेष्ठ २९, २०८१ २१:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×