कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

मेची राजमार्गमा गाडी दुर्घटना हुँदा १ को मृत्यु, १ सख्त घाइते 

लक्ष्मी गौतम

पाँचथर — मेची राजमार्गको फिदिम ताप्लेजुङ सडक खण्डअन्तर्गत पाँचथरको हिलिहाङ ७ हेवाखोलामा शुक्रबार साँझ गाडी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ ।

मेची राजमार्गमा गाडी दुर्घटना हुँदा १ को मृत्यु, १ सख्त घाइते 

त्रिशक्ति कन्ट्रक्सनका कर्मचारी बोक्ने बा १७ प ७९९९ नम्बरको टोयोटा कम्पनीको गाडी शुक्रबार साँझ पौने ६ बजे दुर्घटना भएको हो । अनियन्त्रित भएर पल्टिँदा सोही गाडीका चालक नेपालगन्जका अन्दाजी ३५ वर्षीय श्याम विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा इलामका ३१ वर्षीय लक्ष्मण मुखिया घाइते भएका छन् । उनलाई पाँचथर अस्पतालमा प्राथमिक उपचारपश्चात् झापातर्फ पठाइएको छ ।

गाडी सडकदेखि २५ मिटर तल खसेर उत्तानो परेको छ । अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक दिवस कुँवरले जानकारी दिए ।

प्रकाशित : जेष्ठ ११, २०८१ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×