कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

खोटाङमा उभौलीको रौनक

डम्बरसिं राई

खोटाङ — तलतल सिमसारैमा ए होइ हलहलेको साग छ स्यामुना
किरे होला कस्सम होला ए होइ तिम्रै मायाा लाग्छ स्यामुना...

ढोल, झ्याम्टाको तालमा माझ किरात खोटाङको दिक्तेल रुपाकोट मझुवागढीको मझुवागढीमा उभौलीको अवसरमा बिहीबार किराती समुदायका तन्नेरीहरू साकेला सिली नाच्दै गाउँदै थिए ।

खोटाङमा उभौलीको रौनक

किरात राई यायोक्खा, किरात सेवा समाज, मझुवागढी संरक्षण समितिको आयोजनामा साकेला सिलीमा किरातीहरु मात्र होइन, गैरकिरातले समेतले साकेला सिली नाँचे।

किरात समुदायमा वैशाखे पूर्णीमामा उभौली र मङ्सिरे पूर्णिमामा उधौली गरी वर्षमा दुई पटक यो सिली नाँच्ने गर्दछन् । वैशाखे पूर्णिमाको बेला जलचर तथा थलचर जीवजन्तु उभौली लाग्ने भएकाले उभौली र मङ्सिरे पूर्णिमाको बेला उधौली लाग्ने भएकाले उधौली भनिएको किरात राई यायोक्खाका अध्यक्ष युगसन किरातले बताए ।

किरातका अनुसार वैशाखे पूर्णिमाको अवसरमा बालीनाली राम्रो होस्, भलपहिरो, चट्याङ लगायतका प्राकृतिक प्रकोप आइनपरोस् भन्ने कामनाका साथ उभौलीमा चाड मनाउने गरिन्छ ।

मङ्सिरे उधौलीको अवसरमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामना गर्दै बाली भित्राउानका साथै प्रकृतिको पूजाआराधना गर्ने चलन छ । उभौली–उधौलीमा आफन्तसंगको भेटघाट गर्ने महत्वपूर्ण अवसर पनि मानिन्छ ।

बिहीबार जिल्लाका विभिन्न ठाउाहरूमा उभौली मनाइएको किरातले बताए । साकेला सिली किरातीहरुले मात्र नभइ सबै जातजाति तथा धर्मका समुदायले समेत नााच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृति बनेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताए ।

‘उधौली–उभौलीमा किराती समुदाय मात्र नभएर गैर किराती समुदाय समेत साकेला सिली नााच्ने भएकाले समृद्ध संस्कृतिको रूपमा विकास भइसकेको छ', राईले भने, ‘यसलाई अझ बृहत बनाउादै लैजानु पर्छ ।’

प्रकाशित : जेष्ठ १०, २०८१ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?