१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३३३

गृहमन्त्री लामिछानेलाई जोगाउनकै लागि संसदीय छानबिन समिति गठन गरिएको छैन : महत

अर्जुन सुवेदी

सुनसरी — नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रवक्ता डा. प्रकाशशरण महतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई जोगाउनकै लागि सरकारले संसदीय छानबिन समिति गठन नगरेको आरोप लगाएका छन् ।

गृहमन्त्री लामिछानेलाई जोगाउनकै लागि संसदीय छानबिन समिति गठन गरिएको छैन : महत

प्रेस युनियन सुनसरीले सोमबार बिहान इटहरीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा महतले संसदीय छानबिन समिति गठन गर्दा लामिछाने दोषी देखिने सम्भावना रहेको र सरकारलाई दिएको समर्थन फिर्ता हुने डरले छानबिन समिति गठन गर्न सरकार अनिच्छुक देखिएको बताए ।

कांग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्रीको छानबिन हुनुपर्ने माग राख्दा लामिछानेले गैरजिम्मेवार अभिव्यक्ति दिँदै हिँडेको महतले आरोप लगाए ।

सहकारी ठगी प्रकरणमा कांग्रेसले निष्पक्ष छानबिन हुनुपर्ने माग राखेको बताउँदै महतले कांग्रेसको माग अनुचित नरहेकाले दाबी गरे । लामिछाने छानबिन गर्ने निकायको प्रमुख भएर बसिरहँदा आफूमाथिका आरोपहरू निष्पक्ष छानबिन हुन नसक्ने उनले बताए ।

उनले संसदीय समिति वा न्यायिक समिति गठन गरेर छानबिन गर्दा गलत काम नगरेको भए समस्या नहुने बताउँदै यसमा साथ दिन गृहमन्त्री लामिछानेलाई आग्रह गरे ।

प्रकाशित : वैशाख १०, २०८१ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?