कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

साकेला गाउँपालिकाका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ

डम्बरसिं राई

खोटाङ — साकेला गाउँपालिकाले यसै शैक्षिक सत्रदेखि कक्षा १–३ मा 'अंग्रेजी माध्यम’मा पठनपाठन सुरु गर्ने भएको छ । यस वर्ष पाँच वटा माध्यमिक विद्यालयमा अंग्रेजी माध्यमद्वारा पठनपाठन सुरु गर्न लागिएको हो । 

साकेला गाउँपालिकाका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ

सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या निरन्तर घट्दो क्रममा रहेको निष्कर्ष निकाल्दै गाउँ शिक्षा समिति बैठकले अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने निर्णय गरेको हो । साकेला गाउँपालिकाका अध्यक्ष तथा गाउँ शिक्षा समिति संयोजक रविप्रकाश राईको अध्यक्षतामा बसेको गाउँ शिक्षा समिति बैठकले शिक्षक, व्यवस्थापन समिति, अभिभावकमार्फत आएका सुझावलाई ध्यानमा राखेर यो निर्णय गरिएको हो ।

‘शिक्षा समृद्धिको मुहान भएकाले शिशु तहबाटै नैतिक र व्यवहारिक शिक्षाको थालनी गरिएको हो,’ अध्यक्ष राईले भने, ‘अभिभावकहरुले आफ्ना बच्चाहरुलाई बोर्डिङ पढाउने बाहनामा सहर र सदरमुकाम केन्द्रित गरिरहेको अवस्थामा यसै शैक्षिक सत्रदेखि माध्यमिक तहमा अनिवार्य अंग्रेजी मिडियम लागू गरेपछि बसाइँसराईको क्रमलाई समेत न्यूनीकरण गर्न टेवा पुगोस् भनेर यस्तो निर्णय गरिएको हो ।’

अंग्रेजी माध्यममा पढाइका लागि पुस्तक खरिद गर्न एक लाख रूपैयाँसमेत गाउँपालिकाले उपलब्ध गराएको छ । गाउँपालिका आफैले नैतिक र व्यवहारिक ज्ञान सहितको पाठ्यक्रम तयार गरी पुस्तक प्रकाशन गर्ने समेत गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा रहेका २८ सामुदायिक विद्यालयमध्ये यो शैक्षिक सत्रबाट पाँच वटा विद्यालयमा अंग्रेजी माध्यमको कक्षा लागू गरिने अध्यक्ष राईले बताए ।

प्रकाशित : वैशाख ७, २०८१ २२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×