यसरी हुँदै छ ग्वार्को फ्लाइओभरको काम [तस्बिरहरु]
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — धेरै सवारी साधन ओहोरदोहोर गर्ने ग्वार्कोमा चार लेन सडक बन्द गरेर फ्लाइओभर निर्माण भइरहेको छ । अहिले फ्लाइओभरको दुवैतर्फ रहने पहुँमार्गमा माटो (फिल) भर्ने काम भइरहेको छ । कोटेश्वरतर्फ ३२० मिटर र सातदोबाटोतर्फ १८५ मिटरमा माटो फिल गर्नु पर्ने छ । त्यहीअनुसार माटो भर्ने काम भइरहेको सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रकी साइट इन्चार्ज इन्जिनियर प्रियंका झाले बताइन् ।
![](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/miscellaneous/gwarkooverheadconstruction08-0342024013447-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
![](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/miscellaneous/1-0342024013403-1000x0.jpg&w=1001&h=0)
फ्लाइओभर ३५ मिटर लामो हुने छ । ‘जति सक्दो माटो फिल गर्ने काम सकिन्छ,’ उनले भनिन्, ‘त्यति नै चाँडो आयोजनाको प्रगति बढ्ने छ ।’ अहिले रातिमात्र टिपरमा माटो ल्याएर फिल गर्ने काम भइरहेको छ । तर दिउँसो पनि २३ वटा टिपरमार्फत माटो ल्याएर फिल गर्ने कामलाई तीव्रता दिन लागेको उनले बताइन् । त्यसका लागि ललितपुर प्रशासनसँग पास लिएर काम अघि बढाइएको छ ।
![](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/miscellaneous/gwarkooverheadconstruction12-0342024013459-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/miscellaneous/gwarkooverheadconstruction06-0342024013435-1000x0.jpg&w=1001&h=0)
काम तोकिएको समयमा नसकिएपछि असारसम्म म्याद थप्ने तयारी छ । निर्माणको काम ०८० फागुन १२ भित्र सक्नुपर्ने हो । अहिलेसम्म प्रगति ७० प्रतिशत पुगेको छ । ठेक्का भएको १३ महिनापछि डिजाइनमा समस्या आएपछि काम रोकिएको थियो । इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलअन्तर्गत् यसको ठेक्का गरिएको हो । त्यसैले यसमा डिजाइनदेखि निर्माणको काम ठेक्का लिने कम्पनीले नै गर्नुपर्छ । निर्माणका क्रममा प्राविधिक समस्या देखिएपछि मुख्य काम रोकेर निर्माण व्यवसायीले डिजाइन रिभाइजको काम गरेका थिए ।
![](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/miscellaneous/2-0342024013357-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/miscellaneous/4-0342024013412-1000x0.jpg&w=1001&h=0)
असारसम्म सबै काम सकिसक्ने आयोजनाले जनायो । अहिले पहुँच मार्गमा ग्राबेल फिलिङको काम भइरहेको र यो काम सक्न डेढ महिना लाग्नेछ । निर्माणका क्रममा डिजाइनमा समस्या आएपछि ठेकेदार कम्पनी आशिष–समानान्तर–रेलिगेर जेभीले मुख्य काम रोकेर डिजाइनमा पुनर्विचार (रिभाइज) गरेको थियो । रिभाइज डिजाइन सडक विभागले ०८० भदौ १० मा मात्र स्वीकृत गरेको थियो, जुन डिजाइनअनुसार १.२ मिटर व्यास र ३० मिटर लम्बाइका दुवै साइडमा १२/१२ वटा पाइल (पिलर) निर्माण गरिने उल्लेख भएसँगै त्यहीअनुसार निर्माणको काम अघि बढाइएको थियो ।
![](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/miscellaneous/gwarkooverheadconstruction05-0342024013429-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/miscellaneous/gwarkooverheadconstruction07-0342024013441-1000x0.jpg&w=1001&h=0)
चार लेन सडकको बीच खण्डमा ३५ मिटर लामो पुल आवतजावतको संरचनासहित दूरी ५४० मिटर रहने फ्लाइओभरको १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको हो । अहिले ५० भन्दा बढी कामदार निर्माणस्थलमा खटिएको निर्माण कम्पनीले जनाएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)