कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्री स्वदेश फर्कंदा [तस्बिरहरु]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फर्किएका छन् । शनिबार साँझ ६ बजेपछि प्रधानमन्त्री दाहाल काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएका हुन् ।

चार दिने भ्रमणको क्रममा प्रधानमन्त्री दाहालले भारतसँग ऊर्जा ब्यापार, कार्गो रेल, पारवहन, डिजिटल भुक्तानी प्रणाली लगायतका विषयमा सम्झौता गरेका छन् । उनले भारतीय समकक्षी मोदीसहित राष्ट्रपति, उपराष्ट्रपति र अन्य उच्च अधिकारीहरूसँग भेट गरेका थिए ।

प्रधानमन्त्री दाहालले भ्रमणको क्रममा शुक्रबार मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा १०८ किलो रुद्राक्ष चढाउँदै पूजा समेत गरेका थिए ।प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणलाई ऐतिहासिक उपलब्धिको रुपमा व्याख्या गरेका छन् । कान्तिपुरका लागि दिएको अन्तर्वार्तामा उनले दीर्घकालीन विद्युत् व्यापारमा धेरै महत्त्वपूर्ण सुरुआत भएको बताएका थिए ।

प्रकाशित : जेष्ठ २०, २०८० २०:०२
प्रतिक्रिया
पठाउनुहोस्