कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कठिन दान गर्न श्रीलंकाली लुम्बिनीमा

तस्बिर : मनोज पौडेल

काठमाडौँ — बौद्ध धर्मावलम्वीको महत्वपूर्ण पर्व मानिने कठिन दान गर्न १ सय ४५ जना श्रीलंकाली लुम्बिनी आएका छन् । उनीहरुले २ दिनसम्म विश्व शान्तिका लागि धार्मिक पाठ, पुजाआजा गर्दै लुम्बिनीमा कठिन दान सम्पन्न गरे ।

पहिलो दिन शुक्रबार दिनभरि पुजाआजा गरेर साँझ ६ देखि राति १२ बजे सम्म शान्तिका लागि नेपाली, श्रीलंकाली, म्यानमार र थाई भिक्षुले महापरित्रान पाठ गरेका थिए । शनिबार बिहानै महाबोधी सोसाइटी अफ भारतको लुम्बिनी बिहारबाट पुजा गर्न श्रीलंकाबाट ल्याइएको कठिन चिवरलाई विशेष वाकसमा राखेर सिंगारेर छाता ओढाई शान्ति पदयात्रा निकालिएको थियो ।

पवित्र अष्टधातु पनि सिंगारेर मायादेवी मन्दिरमा लगेर पुजाआजा गरिएको थियो । मन्दिर परिसरको अशोक स्तम्भ आसपास चारैतिरबाट फूलले सिंगारेर चिटिक्क बनाइएको थियो । त्यहाँ किर दान पुजा गरियो । शान्ति पदयात्रामा श्रीलंकाको राष्ट्रिय क्यान्डियन बाजा बजाउँदै ५ कलाकार टोली अघि अघि हिँडेको थियो । उक्त बाजा बजाउन श्रीलंकाबाटै कलाकार ल्याइएको थियो ।

शान्ति पदयात्रा पछि आयोजित कार्यक्रममा कठिन पुजा गरिएको थियो । महाबोधी सोसाईटी अफ भारतको लुम्बिनी विहारका प्रमुख भन्ते बी नन्दलाई उपासका उपसिकाले भिक्षुले लगाउने पहेँलो वस्त्र (चिबर) र भिक्षा पात्र दान गरे ।

प्रकाशित : कार्तिक १०, २०७५ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्