२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सरकार विरुद्ध विवेकशील र नेविसंघको प्रदर्शन [फोटोफिचर]

तस्बिर : इलिट जोशी

काठमाडौँ — जबरजस्ती चिकित्सा शिक्षा विधेयक पारित गरेको विरोधमा आइतबार विवकेशील साझा पार्टी, नेपाल विद्यार्थी संघले सरकार विरुद्ध प्रदर्शन गरेका छन् ।

उनीहरुले माइघरदेखि बानेश्वरमा र्यााली निकाल्दै सरकार विरुद्ध प्रदर्शन गरेका हुन् । र्यालीमा सहभागीहरुले 'हाम्रो मुद्दा हाम्रो भोट,बिर्सेउ बाचा दियौ चोट',' ढोङ्गी समाजवाद चाहिँदैन', 'प्रधानमन्त्री ओली,अर्थहीन भए बोली', 'डाक्टरकेसी सँगको सम्झौता पालना गर' जस्ता नारा लगाएका थिए ।

माइतीघर मण्डलाबाट सुरु भएको र्याली बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । नेविसंघका कार्यकर्ताहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि केहीबेर प्रहरीसँग विवाद भएको थियो ।


प्रकाशित : माघ १३, २०७५ १५:०१
प्रतिक्रिया
पठाउनुहोस्