कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अस्ट्रेलियाको राष्ट्रिय दिवसमा नेपाली रौनक [फोटोफिचर]

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाको राष्ट्रिय दिवस ‘अस्ट्रेलिया डे’ मा नेपालीहरूले सहभागिता जनाएका छन् । सयौँको सङ्ख्यामा आफ्नो विभिन्न परम्परागत पोसाक र राष्ट्रिय झन्डा सहित भेला भएका नेपालीहरूले यहाँको राष्ट्रिय दिवसमा आयोजित बहुसांस्कृतिक परेडमा रौनक थपेका थिए ।

अस्ट्रेलियाले सन १७८८ मा पहिलो डुङ्गा अस्ट्रेलिया आइपुगेको खुसीयालीमा जनवरी २६ तारिखलाई राष्ट्रिय दिवसका रूपमा मनाउने गर्दछ । दिवसमा यहाँ रहेका २ सयबढी देशबाट आएका आप्रवासीहरूको अलग कला संस्कृति, भेषभुषा र परम्परालाई एकत्रित गर्ने उद्देश्यले बहुसांस्कृतिक परेडको आयोजना गर्ने गरिएको छ ।

हरेक राज्यहरूमा आयोजना गरिने यस परेडमा नेपालीहरूले विशेष रूपमा आफ्नो कला संस्कृति र परम्परालाई प्रस्तुत गर्ने गर्दछन् । विशेष गरेर दक्षिण अस्ट्रेलियामा आयोजना गरिने परेडमा नेपाली प्रस्तुतिलाई अलग महत्त्वका साथ हेर्ने गरिन्छ ।

मुख्य सहरदेखि करिब ५ किलोमिटरसम्म गरिएको पैदलयात्रामा नेपालीहरूले जीवित देवी मानिने कुमारीलाई रथमा राखेर घुमाएका थिए । परम्परागत पोसाकमा लाखे र मारुनी सहित ढोल बजाएर परेडमा हिँडेका नेपालीहरूलाई अवलोकन गरिरहेकाहरूले ताली बजाएर स्वागत गरेका थिए ।

कार्यक्रममा सहभागी अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)का अध्यक्ष विकास पोखरेलले यो वर्षको एक पटक दसौँ हजार विदेशीहरूलाई नेपालको कलासंस्कृती र पर्यटनको प्रचार गर्ने अवसर भएकाले सकेसम्म आफ्नो देशलाई सबैका सामु चिनाउने प्रयत्न गरिएको बताए ।

केन्द्रीय तथा राज्य सरकारले समेत प्राथमिकताका साथ आयोजना गर्ने यो कार्यक्रममा नेपालीहरूले विगत ५ वर्ष अघिदेखि सहभागिता जनाउँदै आएका छन् ।

यहाँ आयोजना गरिने यस्ता बहुसांस्कृतिक कार्यक्रममा उत्साहका साथ सहभागिता जनाउने भएकाले समेत नेपाली समुदायलाई यहाँको स्थानीय निकायका साथै समुदायले मन पराउने गरेको छ ।


प्रकाशित : माघ १३, २०७५ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्