रेसुंगामा हिउँको मज्जा [फोटोफिचर]

गुल्मी — गुल्मीको रेसुंगा क्षेत्रसहित उच्च पहाडी भागमा १२ वर्षपछि हिउँ परेको छ । सदरमुकाम तम्घास बजार नकिजै रहेको रेसुंगा क्षेत्रमा शनिवार विहानै देखि हिउँ खेल्नेको भिड लागेको छ । कितावमा मात्र हिउँको अध्ययन गरेका विद्यार्थीदेखि, सर्वसाधरण, कर्मचारीलगायतले समेत शनिबार रेसुंगामा हिउँको मज्जा लिए ।


हिउँले रेसुंगाको यज्ञशाला मन्दिरलाई झन् आकर्षक बनाएको छ । २ हजार ३ सय ४९ मिटर उचाईमा रहेको रेसुंगा क्षेत्रमा १२ वर्षपछि हिउँ परेको हो । शुक्रबार रातिदेखि परेको हिउँले सेताम्य भएका गुल्मीको रेसुंगा क्षेत्रसहित मदाने, मालिका, शालिमे, दिब्रुङदह, थाप्लेलगायतका स्थानमा समेत बाक्लो हिउँ परेको छ । हिउँ र हिउँदे वर्षाले जिल्लाका किसानलाई बाली उत्पादनमा समेत राहत मिलेको छ ।


तस्बिर : तारा भुसाल

तस्बिर : तारा भुसाल