कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

जुम्लामा फूलमालाले डा.केसीको बिदाइ [तस्बिरहरु]

एलपी देवकोटा

जुम्ला — डा.गोविन्द केसीलाई प्रहरीले बल प्रयोग गरेर काठमाडौं पठाएको छ । उनलाई नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं पठाइएको हो ।

अस्पतालको नयाँ बनेको तीन सय शय्याको अस्पतालको गेटको सिसा फुटाएर प्रहरीको टोली भित्र पुगेर विद्यार्थीमाथि लाठी चार्ज गरेपछि झडप भएको थियो ।

२० दिन देखि अनसनरत डा.केसीलाई प्रहरीले बल प्रयोग गरेर अस्पतालबाट बाहिर निकाल्दै गर्दा अस्पतालको गेटमा स्थानीय महिलाले फुलमाला लगाएर विदाइ गरेका छन् । जुम्ली जनताका लागि सत्याग्रहमा बसेको भन्दै स्थानीय महिलाले डा.केसीलाई फुलमालाले विदाइ गरेका हुन् ।

सुन्दर र शान्ति नगरपालिकालाई प्रहरी प्रशासनले हिसांत्मक नगरपालिका बनाएको भन्दै चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले आपत्ति जनाएकी छन् ।

'स्थानीय सरकारसँग समन्वय नै नगरी प्रहरीले बल प्रयोग गर्दै अस्पताल जस्तो संवेदनशील क्षेत्रमा गोली चलाउनु लोकतन्त्रमाथिको दमन हो । नगरबासीलाई सुरक्षाको अनुभुति नै भएको छैन' उनले भनिन्,' स्थानीय सरकारको अधिकारमाथि संघीय सरकारले दमन गरेको छ ।'

कान्तिपुरकर्मी समेत घाइते भएका छन् भने एपीवान टेलिभिजनका प्रकाश उपाध्यायको दाइने हातमा चोट लागेको छ ।

तस्बिरहरुःएलपी देवकोटा

प्रकाशित : श्रावण ३, २०७५ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्