कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आहा...सिक्लेस (फोटो फिचर)

तस्बिर/शब्द : हरिहरसिंह राठौर

सिक्लेस(कास्की) — सिक्लेस पोखराबाट करिब ३९ किलोमिटरमा छ । सुन्दर र रमणीय ठाँउको रुपमा परिचित सिक्लेसका अधिकांश बेलायती र भारतीय सेनामा छन् । त्यसैले पनि यो रमणीय गाउ सम्वृद्ध छ । प्राकृतिक हिसाबले पनि सिक्लेस धनी छ । यहाँबाट धेरै वटा हिमालको दर्शन गर्न सकिन्छ । हिमालको फेदीमा रहेको यो सुन्दर गाउँ पर्या पर्यटनका हिसाबले पनि विख्यात छ । यहाँको पर्यापर्यटनको सिको मुलुकका धेरै गाउँहरुमा भएको छ ।

यही सुन्दर गाउँबाट २०६२ जेठमा तत्कालीन गृहमन्त्री कृष्ण सिटौलाले पुष्पकमल दाहाल प्रचण्डलाई हेलिकप्टरमा राखेर काठमाडौं ल्याएका थिए । त्यतिबेला माओवादीले सिक्लेसलाई मुख्य आधार बनाएर बसेको थियो र कमाण्ड सम्हालेका प्रचण्ड यहीको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) को कार्यालयमा बस्थे ।

यहाबाट लमजुङ्ग हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यही वस्तिबाट लालिगुराँसका जंगल र कपुचे हिमतालसमेत पुग्न सकिन्छ । जैविक विविधताका हिसाबले धनी भएकाले विश्व विख्यात अनुसन्धानकर्ताहरुले यो क्षेत्रमा अनुसन्धान गरेका छन् । नेपालमा जैविक विविधता संरक्षणमा लामो समय काम गरेका चन्द्रप्रसाद गुरुङ यही गाउँमा जन्मेका थिए । उनको सन् २००६ मा घुन्सा हेलिकोप्टर दुर्घटनामा परेर ज्यान गएको थियो ।


प्रकाशित : चैत्र २६, २०७४ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्