यसरी बनाइँदै छ प्रदेश २ को सभा भवन [फोटोफिचर]

सन्तोष सिंह

जनकपुर — प्रदेश २ को प्रथम अधिवेशन माघ २१ गते जनकपुरको शैक्षिक तालिम केन्द्रमा तोकिएको छ । प्रदेश सभाको बैठकका लागि सभा हल, फर्निचर, रंगरोगन तथा भवन मर्मत हुँदै छ । तालिम केन्द्रको श्रेष्ता भवनकै एक कोठामा राखिएको छ । तालिम केन्द्रको भुइँतलाको हल सजावट तीव्रगतिमा हुँदै छ । प्रदेश सभा बैठक बस्ने भवन तयार गर्न ८० जनाभन्दा बढी मजदुर अहोरात्र काममा जुटेका छन् । प्रदेश सभाको तयारी तस्बिरमा यस्तो छ :

प्रकाशित : माघ १४, २०७४ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्

ओली-दाहालबीच झन्डै चार घण्टा छलफल

कान्तिपुर संवाददाता

काठमाडौँ — नयाँ सरकार गठन, पार्टी एकतालगायत विषयमा आइतबार एमाले अध्यक्ष केपी ‌ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ ।

ललितपुरको मानभवनमा झन्डै चार घण्टाको भेटवार्तामा सरकार गठन, पार्टी एकता र राष्ट्रियसभा निर्वाचनबारे छलफल भएको माओवादी केन्द्रका अध्यक्ष दाहालका प्रेस संयोजक मनहरि तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार सबै विषयमा छलफल चलाउँदै एकतालाई निष्कर्षमा पुग्न थप गृहकार्य गर्न दुवै नेता सहमत भएका छन् ।

बिहान १० बजेदेखि चलेको दुई शीर्ष नेताको छलफल सकारात्मक रहेको बताइएको छ । सरकार गठनअघि पार्टी एकता गर्ने तयारी एमाले र माओवादीको छ ।


प्रकाशित : माघ १४, २०७४ १५:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×