कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

उपचारमा सास्ती कहिलेसम्म ?

पाठक पत्र

जनता साधारण औषधि उपचार नपाएर मर्नु परिरहेको छ । राजधानीका सरकारी अस्पतालमा एउटा अपरेसन गर्नुपर्‍यो भने ३ महिना कुर्नुपर्छ कि पावर लगाउनुपर्छ । बिरामीलाई सही परामर्श दिने चिकित्सक भेट्न गाह्रो छ । रोग पत्ता लगाउन महिनौं अस्पताल धाउनुपर्छ । बिरामीसँग बोल्ने फुर्सद नभएका चिकित्सक पनि भेटिन्छन् ।

निजी अस्पतालहरूले पैसा छउन्जेल उपचार गरे जस्तो गर्छन्, पैसा सकियो भन्ने थाहा पाएपछि डिस्चार्ज गर्छन् । उपचारको बिल तिर्न नसक्दा शव निकाल्न नपाएको समाचार आउँदासमेत कहींकतैबाट सहानुभ्तूि आउँदैन ।

सस्तो लोकप्रियताका लागि स्वास्थ्य बिमाको कार्यक्रम ल्याइएको छ तर त्यसको उपलब्धि खासै देखिँदैन । स्वास्थ्य उपचारको यस्तो विसंगतिमा सरकारको ध्यान कहिले जान्छ ?
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

प्रकाशित : जेष्ठ १६, २०८१ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×