२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

समृद्धि ल्याउने उपाय यस्तो हुन सक्छ

पाठक पत्र

राजा स्वदेशमा मात्र पुजिन्छन् तर विद्वान्लाई विश्वले पुज्दछ । जो सादगीको भेषमा सत्ता प्राप्तिमा सुजिन्छन् तर त्यो धुर्त्याइँ जनताले बुझ्दछ । के ८४ मा फेरि पनि झुक्किने कि विवेक प्रयोग गर्ने ? तसर्थ अब नेपालको सन्दर्भमा समृद्धिको सपना साकार पार्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री तथा एक सय सिटको प्रतिनिधिसभा बनाउनुपर्छ । राष्ट्रियसभा खारेज गर्नुपर्छ ।

मन्त्रालय १० वटा मात्र राख्ने र सम्बन्धित क्षेत्रको विज्ञ मात्र मन्त्री बन्नुपर्छ । राजदूत हुन विज्ञताको परीक्षण गर्नुपर्छ । ताकि विज्ञता टीका ग्रहण तथा आशीर्वादबाट हुने होइन । स्वतन्त्र न्यायपालिकाको अनुभाव नागरिकलाई गराउनुपर्छ । प्राकृतिक न्यायको सिद्धान्त अंगीकार गर्नुपर्छ । यातायात क्षेत्रमा सरकारी पहुँच बढाउनुपर्छ । भन्सार नाकामा कर्मचारी खटाउँदा नीतिगत मापदण्ड बनाउनुपर्छ ।

शैक्षिक क्षेत्रमा सैद्धान्तिकभन्दा व्यावहारिक सीपको खाँचो छ । अझै पनि घोकन्ते विद्यामा रेटिने परम्परागत शैलीलाई परिवर्तन गर्नुपर्छ । प्राकृतिक स्रोतको सदुपयोग र करछली गर्नेको सम्पत्ति जफतको कानुन ल्याउनुपर्छ । प्राथामिक तहदेखि नै नैतिक र स्वास्थ्य शिक्षा लागू गर्नुपर्छ ।

उद्योग तथा आर्थिक क्षेत्रमा विदेशी हस्तक्षेपमुक्त बनाउनुपर्छ । भ्रष्टाचारीलाई दण्ड दिने कडा कानुन बनाउनुपर्छ । २०४६ सालदेखि सत्तामा बस्नेहरूको डुबुल्की सम्पत्ति छानबिन गर्नुपर्छ । यसका लागि स्वतन्त्र व्यक्तिहरूको छुट्टै शक्तिशाली आयोग गठन गर्नुपर्छ । सीमा मिच्ने र त्यहाँ हुन सक्ने अपराध रोक्न भारतीय सिमानामा काँडेतार लगाउनुपर्छ ।


अस्पतालमा उपचारको सहजता हुनुपर्छ भने सिँचाइ र कृषि क्षेत्रमा प्राथामिकता दिनुपर्छ । वन फँडानीमा तस्करीको पहिचान गरी कडा कारबाही गर्ने व्यवस्था गर्नुपर्छ । त्यस्तै सरकारले प्रत्येक नागरिकमा नैतिकता, सदाचारिताको विकास गराउनुपर्छ । हामीले शासकीय स्वरूपमा परिवर्तन गर्न सकिएन भने अझै एक सय वर्ष पनि हामी र हाम्रा सन्ततिको अवस्थामा सुधार हुने छैन ।
– खिमराज गिरी, काठमाडौं

प्रकाशित : कार्तिक २३, २०८० ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?