कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

नेपाल स्वयंसेवी रक्तदाता समाज हेटौंडा नगर समिति गठन

हेटौंडा — नेपाल स्वयंसेवी रक्तदाता समाज हेटौंडा नगर समिति गठन गरिएको छ । 

नेपाल स्वयंसेवी रक्तदाता समाज हेटौंडा नगर समिति गठन

हेटौंडा उपमहानगरपालिका वडा- १० स्थित लिडोइन होटलको सभाकक्षमा मंगलबार आयोजित भेलाले पूर्णप्रसाद अर्यालको अध्यक्षतामा ९ सदस्यीय हेटौंडा नगर समिति गठन भएको हो । समिति उपाध्यक्ष सानुकाजी पाण्डे, सचिव राजेश वाग्ले, कोषाध्यक्ष सानुकाजी बास्ताकोटी चयन भएका छन् ।

सदस्यहरुमा विज्ञान रिमाल, राजकुमार अर्याल, दिपकराज मिश्र, दिनेश फुयाल र जागृत सुवेदी निर्विरोध चयन भएका छन् ।

नेपाल स्वयंसेवी रक्तदाता समाज मकवानपुर जिल्ला शाखा अध्यक्ष सुरेन्द्रमान प्रधानको सभापतित्वमा भएको भेलामा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख अतिथिका रुपमा उपस्थित थिए ।

नवगठित पदाधिकारीहरुलाई मकवानपुर शाखा अध्यक्ष प्रधानले शपथग्रहण गराएका थिए ।

प्रकाशित : माघ २४, २०८० २३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×