कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

संवैधानिक परिषद्‌द्वारा निर्वाचन आयुक्तमा कृष्णमान प्रधान सिफारिस

काठमाडौँ — निर्वाचन आयोगको रिक्त आयुक्त पदमा कृष्णमान प्रधान सिफारिस भएका छन् । संवैधानिक परिषद्को आइतबार बसेको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको हो । 

संवैधानिक परिषद्‌द्वारा निर्वाचन आयुक्तमा कृष्णमान प्रधान सिफारिस

उपसभामुख इन्दिरा रानाका अनुसार रिक्त एक निर्वाचन आयुक्तको पदमा कृष्णमान प्रधानलाई सिफारिस गर्ने निर्णय भएको हो । अरु रिक्त रहेका संवैधानिक पदमा नियुक्ति सिफारिसबारे छलफल नभएको उनको भनाइ थियो ।

निर्वाचन आयुक्त सिफारिस भएका प्रधान नेपाल कानुन समाजका कार्यकारी निर्देशक हुन् ।

संवैधानिक परिषद्ले सिफारिस गरेका प्रधानको संसदीय सुनुवाइ हुनेछ । त्यसपछि मात्रै उनको नियुक्ति हुनेछ । नियुक्तिपछि प्रमुख निर्वाचन आयुक्तबाट आयुक्तले पद तथा गोपनियताको शपथ लिने व्यवस्था छ ।

प्रकाशित : असार २, २०८१ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?