कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८

सांसद सिंहको प्रश्न : मन्त्रीले आफ्नो क्षेत्रमा जति बजेट लगे पनि क्षम्य हुन्छ ?

काठमाडौँ — मन्त्री पदमा रहेकाहरूले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट लगेको भन्दै सांसद अमरेशकुमार सिंहले प्रश्न गरेका छन् ।

सांसद सिंहको प्रश्न : मन्त्रीले आफ्नो क्षेत्रमा जति बजेट लगे पनि क्षम्य हुन्छ ?

आइतबार प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाजिको छलफलमा भाग लिँदै सां‍सद सिंहले मन्त्री भएकाहरूले आफ्नै निर्वाचन क्षेत्रमा बजेट विनियोजन केन्द्रित गरेको बताए ।

कानुन, नियम मन्त्रीहरूले मिचेको पनि सांसद सिंहको भनाइ थियो । ‘नियम, कानुन मन्त्रीलाई लाग्दैन । उहाँले जति बजेट आफ्नो क्षेत्रमा लगेपनि, जे गरे पनि, जति घुस खाए पनि क्षम्य छ ? यो बजेट केही व्यापारीले बनाएको छ,' उनले भने, 'यो बजेट माओवादी पार्टीको ३२ जना सांसदको लागि मात्रै बनेको छ । यो २ सय ७५ जनाको यो बजेट बन्नु दिवास्वप्न हो ।'

माओवादी पार्टीले जित्ने ठाउँमा मात्रै बजेट केन्द्रित गरेको सिंहको भनाइ थियो ।

प्रकाशित : असार २, २०८१ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x