कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

संघीयताको घोर विरोधी प्रचण्ड हुन् : मुख्यमन्त्री यादव

धनुषा — मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल संघीयता विरोधी भएको अरोप लगाएका छन् ।

संघीयताको घोर विरोधी प्रचण्ड हुन् : मुख्यमन्त्री यादव

सोमबार आर्थिक वर्ष २०८०/०८१ को स्थानीय तहलाई दिने सःशर्त अनुदान वितरण तथा विभिन्न मन्त्रलायबाट हुने रकमान्तरको सम्बन्धमा नेकपा एमाले, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएसँगै उनले सञ्चारकर्मीहरुसँग यस्तो आरोप लगाएका हुन् ।

नेकपा एमालेसहितका राजनीतिक दलहरूले वर्तमान सरकार अल्पतमतमा रहेकोले दीर्घकालीन असर पर्ने खालका निर्णयहरू नगर्न/नगराउन ध्यानाकर्षण पत्र पेस गरेका थिए ।

ध्यानाकर्षण पत्र बुझिसकेपछि मुख्यमन्त्री यादवले अहिले संघीयताको घोर विरोधी प्रधानमन्त्री दाहाल भएको आरोप लगाए । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिला नै संघीयता नचाहेको स्पष्ट पारेको उल्लेख गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारमा ल्याउने नेतृत्व संघीयताको पक्षधर हुनै नसक्ने जिकिर गरे ।

‘देशभर मधेस प्रदेशले संघीयता चाहेको हो । यो डेढ वर्षमा संघीयता चाहिन्छ भनेर बढी लड्ने म नै हो । पहिला हामी केपी ओलीलाई संघीयता विरोधी भन्थ्यौं । उहाँ त भन्दै हुनुहुन्थ्यो की मैले संघीयता चाहेको होइन, जबरजस्ती लादिएको हो, म मजबुर थिएा । तर प्रचण्डलाई मैले अहिले कसरी हेरो भने प्रचण्ड संघीयता चाहने व्यक्ति पहिला तर अहिले संघीयताको घोर विरोधी प्रचण्ड हो । प्रचण्डले संघीयता चाहेकै छैनन्,' उनले भने, 'यो संघीयता चाहेको भए केपी ओली र रवि लामिछानेलाई ल्याएर सरकार बनाउनु हुँदैन थियो ।बताए । रवि लामिछाने त प्रदेशमा अहिले पनि चुनाव लडेनन् । त्यस्ता मान्छेसँग गठबन्धन बनाउने नेतृत्वले देशमा संघीयता चाहेको छ ?'

मुख्यमन्त्री यादवले संघीयतामाथि प्रहार गर्न मधेस प्रदेशमा पटक पटक विश्वासको मत फिर्ता लिने, कर्मचारीको सरुवा गर्ने लगायतका गतिविधि संघ सरकारले गरेको बताए ।

प्रकाशित : जेष्ठ १४, २०८१ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?