कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

सहकारी रकम अपचलनबारे राप्रपाको प्रश्न : सांसद बस्नेतविरुद्ध पक्राउ पुर्जी, गृहमन्त्री पदमै बस्ने ?

गृहमन्त्री लामिछानेलाई राप्रपा प्रमुख सचेतक शाहीको प्रश्न : 'मुटु छ कि छैन ? डराएको हो खुट्टा कमाएको हो ? छानबिन समिति आवश्यक देखिन्छ ।'

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीले 'सहकारी रकम अपचलनमा संलग्न रहेका राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको तर रास्वाका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पदमै रहन मिल्छ ?' भनेर प्रश्न गरेको छ ।

सहकारी रकम अपचलनबारे राप्रपाको प्रश्न : सांसद बस्नेतविरुद्ध पक्राउ पुर्जी, गृहमन्त्री पदमै बस्ने ?

प्रतिनिधिसभाको आइतबारको बैठकमा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सहकारी ठगीमा राप्रपा सांसद बस्नेत र उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई फरक-फरक व्यवहार भइरहेको भन्दै आपत्ति जनाएका हुन् । 'यो संसद्मा दुईवटा कानुन छ कि एउटा कानुन ?,' शाहीले भने, 'गीता बस्नेत न सहकारी सदस्य, न त्यो कुनै पैसा लिने कुरामा सिग्नेचर गर्नुभएको छ । उहाँका ज्वाइँले पैसा लिनुहुन्छ, कृष्णसार रेस्टुरेन्टमा लगानी गर्नुहुन्छ । संसद्को सदस्य गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी हुन्छ तर त्यस्तै गरी गोर्खा मिडियामा पैसा आउँछ तर गृहमन्त्री पदमै बस्नुहुन्छ, छानबिन पनि गर्न नहुने ।'

सहकारीको रकम अपचलनमा राप्रपाकी सांसद बस्नेतलाई कारबाही हुनुपर्ने तर त्यसरी नै रकम अपचलन गर्ने लामिछानेविरुद्ध पनि छानबिन हुनुपर्ने शाहको भनाइ थियो । 'गीता बस्नेतलाई पनि कारबाही हुनुपर्छ । त्यस्तै प्रवृत्ति अरुले गर्ने हो भने ती सबै सांसद हुन् वा प्रधानमन्त्री हुन् सबलाई कारबाही गर्नुपर्छ,' उनले भने ।

सहकारी पीडितहरूको सडकमा बास भएको बताउँदै राप्रपाका प्रमुख सचेतक शाहीले मकै पोलेको, सागको मुठा बोकेको पैसा बचत गरेको तर त्यसको अपचलन भएको बताए । उनले गृहमन्त्रीलाई भने, 'मुटु छ कि छैन ? डराएको हो खुट्टा कमाएको हो ? छानबिन समिति आवश्यक देखिन्छ ।'

प्रकाशित : जेष्ठ १३, २०८१ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?