कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अभिव्यक्ति स्वतन्त्रताका अग्रगामी प्रतिज्ञाहरू फेरि जगाउनु अझ महत्त्वपूर्ण : यूएन नेपालकी आवासीय संयोजक हाम्दी

काठमाडौँ — नेपालका लागि संयुक्त राष्ट्र संघ (यूएन) की आवासीय संयोजक हाना सिंगर हाम्दीले अभिव्यक्ति स्वतन्त्रताका लागि अग्रगामी प्रतिज्ञाहरु फेरि जगाउनु सबैका लागि अझ महत्वपूर्ण रहेको बताएकी छन् ।

अभिव्यक्ति स्वतन्त्रताका अग्रगामी प्रतिज्ञाहरू फेरि जगाउनु अझ महत्त्वपूर्ण : यूएन नेपालकी आवासीय संयोजक हाम्दी

राष्ट्रिय मानव अधिकार आयोगको २४ औं वार्षिकोत्सवको अवसरमा आइतबार सम्बोधन गर्दै उनले भनिन्,‘अभिव्यक्ति स्वतन्त्रताो अग्रगामी प्रतिज्ञाहरु फेरि जगाउनु हामी सबैका लागि अझ महत्त्वपूर्ण छ ।’

उनले विचार, कानुनको अगाडि समानता र सबैको लागि न्याय, जताततै र सधैं संरक्षित हुनु पर्ने बताइन् । यस्तै, उनले विश्वव्यापी रूपमा मानवअधिकारका असंख्य चुनौतीहरूसँग जुधिरहेका बेला, मानवअधिकारको संरक्षणको आशा र अभिव्यक्ति सबैको लागि अझ महत्वपूर्ण भएको बताएकी हुन् । उनले यूएन–नेपाल मानव अधिकारको प्रवर्द्धधन र संरक्षका लागि आयोग र सरकारलाई सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताइन् ।

प्रकाशित : जेष्ठ १३, २०८१ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?